• Breaking News

    Saturday, May 6, 2017

    राजेश हमालले गरे एमालेको प्रचार

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    राजेश हमालले गरे एमालेको प्रचार

     काठमाडौं, बैशाख २३– काठमाडौंको महानगरपालिका बडा नम्बर २६ स्थित गल्खोपाखामा शनिबार एकाबिहानै चहल पहल भयो ।
    बाजागाजासहित हातमा सूर्य चिन्हका झण्डा भएका कार्यकर्ताहरु घरदैलो कार्यक्रममा थिए । सबै टोलबासीसँग हात जोड्दै भोट मागिरहेका थिए । त्यही समूहमा थिए सिनेमा क्षेत्रका महानायक राजेश हमाल पनि ।
    उनै हमाल हमाल सबै टोलबासीसँग एमालेका २६ नं वडाका वडा अध्यक्ष देवेन्द्र  रिमाललाई भोट मागिरहेका थिए ।

    कालो टोपीका साथ कालो डे«समा कालै चस्मा र सेतो मास्क लगाएका राजेश हमालले एमालेका नेताको लागि भोट मागेका हुन् ।
    फिल्मी क्षेत्रका र अन्य कलाकारहरु कुनै पार्टीमा प्रवेश गर्दा ठुलै चर्चा हुने गर्छ । कलाकार देशका गहना हुन कुनै पार्टीमा लाग्नु हुदैन भनेर । तर राजेश हमालले एका बिहानै एमालेकोलागि भोट मागिरहदा भने कुनै चर्चा नै बनेन । राजेश हमाल आए प्रचार गरे गए । तर टोल टेलमा भने चर्चा नै चलिरहेको छ ।
    यो विषयमा एमालेका वडा अध्यक्ष देवेन्द्र रिमाल भन्छन्,‘राजेश हमाल मेरो मर्दाको मलामी र जिउँदोको जन्ती हुन् , मेरो दाई र अभिभावक पनि हो । त्यसकारण मेरो प्रचारमा आएका हुन ।’ उनको प्रचारमा अर्का हस्ती कवि माधव घिमिरे आएको भन्ने प्रश्नमा उनले भने, ‘म उहाँको घरमा आशिवार्द लिन गएको हुँ ।’

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture