• Breaking News

    Monday, May 15, 2017

    एमालेलाई एक पछि अर्को सफलता मिल्दै : बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ मा एमालेको प्यानलै विजयी

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    एमालेलाई एक पछि अर्को सफलता मिल्दै : बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ मा एमालेको प्यानलै विजयी  

     काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेलमा एमालेका श्रीकृष्ण श्रेष्ठको विजयी हुनु भएको छ । उहाँसंगै एमालेको सम्पूर्ण प्यानलनै विजयी भएको हो । विजयी हुनेहरुमा महलिा सदस्य रिना श्रेष्ठ , दलित महिला सदस्यमा राममाया विश्वकर्मा , खुल्ला सदस्यहरूमा मङ्गल नगरकोटी र श्यम श्रेष्ठ विजयी हुनु भएको हो । वडाको विजयसँगै मेयर उपमेयरमा पनि एमालेले महत्त्वपूर्ण अग्रता लिएको छ । आइतबार भएको निर्वाचनको मत गणना विभिन्न जिल्ला सुरु भएको छ। अहिलेसम्म मत गणना भइरहेका स्थानमध्ये धेरैमा नेकपा एमालेका उम्मेद्वारले अग्रता लिएका छन्। काभ्रेको बनेपा, कीर्तिपुर, धादिङको धुनवेशी, मकवानपुरको थाहा, नवलपरासी मध्यविन्दु, म्याग्दीको बेनी नगरपालिका र कास्कीको मादी गाउँपालिकामा एमाले उम्मेद्वारले अग्रता लिएका छन् भने मनाङको चामे गाउँपालिकामा एमालेका लोकबहादुर घले विजयी भइसकेका छन्। ललितपुर महानगर, रुकुमको मुसिकोट, जुम्लाको चन्दननाथ नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। मओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरी नगरपालिकामा अग्रता लिएको छ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture