• Breaking News

    Friday, May 12, 2017

    सुनसरीमा जब बेहुला हेलिकप्टर लिएर बेहुली लिन पुगे

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    सुनसरीमा जब बेहुला हेलिकप्टर लिएर बेहुली लिन पुगे

     हाम्रै नेपालमा बेहुला हेलिकप्टर लिएर बेहुली लिन बेहुलीको घर पुगे भन्दा अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । इटहरीमा रहेर भिआइपी सेक्युरिटी गार्ड सर्भिस सञ्चालन गर्दै आएका लहेरु चौधरीले आफ्ना एक मात्र छोराको विवाह हेलिकप्टर चार्टर गरेका छन् ।

    आइतबार सम्पन्न विवाहमा सुन्दर–हरैंचाको गोकुलम रिसोर्टछेउ चरिगुवाबाट उनका कान्छा छोरा अमृत चौधरी बेहुली लिन हेलिकप्टर लिएर सुनसरीको तनमुना–६ पुगेका थिए ।

    चौधरी समुदायमा पहिलोपटक हेलिकप्टरमा बेहुला–बेहुली लिन पुग्दा हेलिकप्टर र बेहुला हेर्नेको बाक्लै भीड लागेको थियो ।

    व्यवस्थापनमा स्नातक सकेका अमृतले सोही विषयमा डिग्री सकेकी लता चौधरीसँग हेलिकप्टर चार्टर गरेर चौधरी परम्पराअनुसारै विवाह गरेका हुन् ।

    हेलिकप्टर चार्टर गरिए पनि बेहुला र बेहुली चौधरीहरूको परम्पराअनुसारकै बेहुला–बेहुलीको पोसाकमा भएको बेहुलाका बुबा लहेरुले बताए ।

    उनले सन्तानको अन्तिम बिहेमा पैसाको मुख नहेरी हेलिकप्टर प्रयोग गरेर रहर पूरा गरेको खुसी व्यक्त गरे । हेलिकप्टर चार्टरको व्यवस्था लहेरुका नजिकका साथी युवा व्यवसायी दयराम खवासले मिलाएको पनि उनले बताए ।

    उनल चौधरी समुदायको पहिलोपटक आफ्नो छोराको बिहे यसरी भएका पनि बताए । उनका अनुसार उक्त बिहेमा करिब ५ हजार सहभागी थिए । Source: koshionline.com

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture