• Breaking News

    Friday, May 12, 2017

    चुनावमा उठेकी सासुआमालाई धुर्मुस-सुन्तलीले किन सहयोग गरेनन् ?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    चुनावमा उठेकी सासुआमालाई धुर्मुस-सुन्तलीले किन सहयोग गरेनन् ?


     काठमाडौं । स्थानीय तहको निर्वाचनमा यसपाली कलाकारका आफ्न्त र स्वयं कलाकार पनि मैदानमा छन् ।
    यसक्रममा हाँस्यकलाकर कुञ्जना घिमिरे ‘सुन्तली’की आमा तथा सीताराम कट्टेल ‘धुर्मुस’की सासु सीतादेवी घिमिर ललितपुरको गोदावरी नगरपालिकामा नेकपा माओबादी केन्द्रबाट उपमेयरको उम्मेदवार छिन् ।
    उनले आफ्नो मन वचन कर्मले विहिबार (मौन अवधि सुरु हुनुअघि)सम्म गोदावरी नगर क्षेत्रका विभिन्न ठाउम भोट मागिन् । भोट माग्न पार्टीका कार्यकर्ताहरुले उनलाई सघाए । तर, आफ्नै छोरीज्वाँई सुन्तली र धुर्मुसले कुनै सहयोग गरेनन् ।

    यतिसम्म एकपटक पनि चुनावी प्रचार प्रसार अभियानमा देखिएनन् । त्यसो त सीतादेवीले छोरीज्वाईलाई अनुरोध नगरेको पनि होइन् । तर, मान्दै मानेनन् । आफूहरु कुनै पार्टीमा नलागेको भन्ने जवाफ दिँदै आफै भोट माग्न सुझाव दिएका रहेछन् ।
    सासुआमाको चुनावमा किन सहयोग नगरेको भन्ने प्रश्नमा धुर्मुसले आफू स्वतन्त्र नागरिक, स्वतन्त्र कलाकार भएकोले कुनै दल बिशेषको चुनावी प्रचारमा नजाने र सासुआमाकोमा पनि जान नसकिएको स्पष्ट पारे ।
    यद्यपी उनले सासुआमाका लागि फोनमार्फत नजिकमा आफन्त र चिनेका केही ब्यक्तिसँग भोट मागिदिएको बताए ।

    दैनिक नेपाल

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture