• Breaking News

    Saturday, May 6, 2017

    माइग्रेन, कम्मर दुख्ने र रुघाखोकी जसलाई औषधी नखाइ यसरी निको पार्न सकिन्छ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    माइग्रेन, कम्मर दुख्ने र रुघाखोकी जसलाई औषधी नखाइ यसरी निको पार्न सकिन्छ

     शरीरमा देखापर्ने त्यस्ता रोगलाई प्राकृतिक विधीबाट पनि निर्मूल पार्न सकिन्छ । योग त्यसको सर्बोत्तम बिकल्प हो ।
    १. कम्मर दुख्ने

    कारण- माशंपेशी खुम्चिनु, उठ्ने र बस्ने गलत तरिका, सुत्केरीमा धेरै शारीरिक श्रम गर्नु ।

    हलासन

    – जमिनमा कम्मरको बलमा सुत्ने, दुबै हातलाई जमिनमा राख्ने ।

    – दुबै खुट्टाको पञ्जा मिलाएर राख्ने ।

    – दुबै खुट्टालाई बिस्तारै-बिस्तारै माथि उठाउने र ९० डिग्रीको कोण बनाउँदै टाउकोबाट पछाडितिर लाने ।

    – हातलाई पछाडितर्फ जमिनमा तन्काएर राख्ने ।

    – १-२ मिनेटसम्म यस स्थितीमा रहेर सास लिने एवं छाड्ने ।

    – बिस्तारै पहिलेकै अवस्थामा आउने ।

    क्विक टिप्स

    – हर्बल आयललाई मनतातो बनाएर कम्मरमा मसाज गर्ने ।

    – तोरी वा नरिवलको तेलमा ८ वटा जति लसुन हालेर पकाउने, चिसो भएपछि कम्मरमा मसाज गर्ने ।

    २. रुघा ज्वरो

    कारण- मौसमी परिवर्तन, गलत खानपान र जीवनशैली, भाइरस आदि ।

    सर्वागासन

    – कम्मरको बलमा सुत्ने र दुबै हात जमिनमा राख्ने ।

    – सास लिदै बिस्तारै खुट्टालाई माथि उठाउने । यसरी खुट्टा माथि उठाएको बेला हातले कम्मरलाई सपोर्ट दिने ।

    – खुट्टालाई ९० वा १ सय २० डिग्रीमा लगेर हातलाई कम्मरको पछाडि लाने ।

    – खुट्टलाई मिलाएर सिधा राख्ने, फेरी पूर्व अवस्थामा आउने ।

    – आँखालाई बन्द गरेर दुबै आँखीभौंको बीचमा दुई तीन मिनेटसम्म ध्यान केन्दि्रत गर्ने ।

    क्विक टिप्स

    – २ चिया चम्चा पानको पत्ताको रसमा १ चिया चम्चा मह मिसाएर दिनमा दुई पटक सेवन गर्ने ।

    – ४ कप पानीमा १ ठूलो चम्चा बेसार र केहि तुलसीको पात मिसाएर १० मिनेटसम्म उमाल्ने । त्यसलाई छानेर १ चिया चम्चा मह र स्वाद अनुसार कागतीको सर मिसाएर पिउने ।

    ३. माइग्रेन

    कारण- अनिन्द्रा, तनाव, शरीरमा पोषक तत्वको कमी, अल्कोहलको अधिक सेवन, एलर्जिक रिएक्सन

    अनुलोम बिलोम प्राणायम

    – सुखासनमा बस्ने । कम्मरलाई एकदमै सिधा राख्ने ।

    – बुढी औंलाले देब्रे नाक बन्द गर्ने, दाँया नाकले सास लिने । अब साहिली औंलाले अर्को नाक बन्द गर्ने ।

    – बुढी औंला बिस्तारै हटाएर सास छाड्ने ।

    – देब्रे नाकले सास लिएर केहिक्षण रोक्ने ।

    – दाँया नाकले सास निकाल्ने, केहि क्षण रोक्ने र सोहि नाकबाट सास लिने ।

    – सासलाई बिस्तारै बिना आवज भित्र लाने र छाड्ने प्रक्रिया दोहोर्‍याउने ।

    क्विक टिप्स

    – आधा गिलास गाजरको जुसमा आधा गिलास पालकको जुस मिसाएर पिउने ।

    – कागतीको बोक्रालाई पिसेर पाउडर बनाउने, थोरै पानीमा मिलाएर तालुमा राख्ने ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture