भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
उमेर बढ्दै जादा किन बढ्छ हड्डी खिइने समस्या ? भिडियो सहित
पछिल्लो समय हड्डी खिइने रोगको धेरै चर्चा हुने गरेको छ । मानिसको उमेर ढल्केसँगै हड्डीहरु खिइन्छन् भन्ने थाहा भए पनि यसलाई रोग नभएर सामान्य प्राकृतिक प्रक्रियाको रुपमा लिने गरिन्थ्यो । ‘हड्डी पनि खिइन्छ र ?’ भन्ने धारण धेरैमा थियो तर अहिले यो एक रोगको रुपमा परिचित भएको छ । हड्डी किन खिइन्छ ? र यसबाट बच्ने उपाय के के हुन् ? हाड जोर्नी विशेषज्ञ डाक्टर सगुन कुमार जोशीको सुझाब यस्तो छ : स्वस्थ शरीरको लागि हड्डीको ठुलो भूमिका रहेको हुन्छ । मानिस अपांग हुने प्रमुख कारण मध्ये हड्डीले आवश्यक काम नगर्नु पनि एक हो । हड्डी परिपक्क वा बलियो हुने भनेको २५ देखि ३५ वर्षको उमेर सम्म हो । हड्डी खिइने रोग धेरैमा हुन्छ । उमेर बढ्दै जादा वा ४०/५० वर्ष पुगेसँगै यो रोगले बढी च्याप्ने गर्दछ ।
नेपालको सन्दर्भमा पुरुषको तुलानामा महिलामा यो रोग बढी देखिन्छ । प्रायजसो महिनावारी सुकेपछि वा पाठेघर निकाले पछि यस्तो समस्या बढ्छ । हड्डी खिइने प्रमुख कारण : सबै जनालाई एकै कारणले मात्र हड्डी खिइन्छ भन्ने छैन् । विशेषतः यस्ता छन् हड्डी खिइने कारण : शरीरलाई बढी कसरत पर्ने काम गर्नु । हड्डीमा चोटपटक लाग्नु । भिटामिन डिको कमी । मांशपेशी कमजोर हुनु । लामो समय उभिएर वा निहुरिएर वा एकै ठाउँमा बसेर काम गर्नु । अत्याधिक धुम्रपान तथा मध्यपानको सेवन । बाथ, मधुमेह लगाएतका रोग हुनु । सानो उमेरमा लडेर हड्डीमा चोट पटक लागे पछि हड्डी खिइने हुन्छ । लक्षणहरु : हड्डी दुख्ने । हड्डी सुन्निने ।
लामो समय बसे पछि उठ्न गाह्रो हुने । बस्न गाह्रो हुने यस्ता व्यक्ति बढी जोखिममा बढी शारीरिक कसरत गर्ने । खेलाडी । बढी तौल भएका । बच्न उपाए : दुखेको ठाउँमा विशेषज्ञको सल्लाह बमोजिम फिजियोथेरापी गर्ने । सन्तुलित आहारा खाने । सक्रिय जीवनशैली जीउने । धेरै समय निहुरिएर वा उभिएर वा कुर्सीमा बसेर काम गर्नु पर्ने भए समय समयमा आराम गर्दै गर्ने । लामो बाटो सवारी चलाउँदा ठाउँ ठाउँमा आराम गर्दै चलाउने । तौल नियन्त्रणमा राख्ने ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment