• Breaking News

    Monday, May 8, 2017

    उडिरहेको विमानमा सिकारु पाइलटलाई छाडेर वरिष्ठ पाइलट विमानमै सुतेपछि संसार भरि भाइरल .!

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    उडिरहेको विमानमा सिकारु पाइलटलाई छाडेर वरिष्ठ पाइलट विमानमै सुतेपछि संसार भरि भाइरल .!


     इस्लामाबाद । पाकिस्तान इन्टरनेशनल एयरलाईन्स (पीआईए) का एक वरिष्ठ पाइलट उडानका क्रममा विमान एक सिकारु पाइलटलाई छाडेर सुतेको खबरले सनसनी फैलाएको छ । यो घटना यसै वर्षको अप्रिलको अन्तिम साताको हो।

     पाकिस्तानको राजधानी इस्लामाबादबाट लण्डन जाँदै गरेको विमानका चालक सिकारुलाई छाडेर सुतेर निधाएका हुन्। सो खबर अनुसार इस्लामाबादबाट विमानले उडान भरेको केही समयपछि नै बरिष्ठ पाइलटले एक सिकारुलाई हस्तान्तरण गरेर आफू भने प्यासेन्जर कम्पार्टमेन्टमा गएर सुतेका हुन्।

    सो क्रममा विमानका चालक साढे २ घन्टा सुतेका थिए । विमानमा ३०५ जना भन्दा बढी यात्रुहरु सवार थिए । यो घटनालाई उड्डयन सुरक्षा निमयको उल्लंघन मान्दै वरिष्ठ पाइलट आमिर अख्तर हासमीलाई कारबाही गरिएको छ।

    पीआईएका प्रवक्तालाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले अख्तरलाई उडान सेवाबाट हटाएर घटनाको अनुसन्धान सुरु गरेको छ । वरिष्ठ पाइलट अख्तर पाकिस्तान एयरलायन्स पाइलट्स एशोसिएसनका अध्यक्ष समेत भइसकेका व्यक्ति हुन्। 

    आजको राजधानी दैनिकमा खबर छ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture