• Breaking News

    Monday, May 8, 2017

    प्रचण्डको निर्देशनमा ४१ जनाको एउटै चिहान बनाएको त्यो बाँदर मुडे घटना अझै ताजै छ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    प्रचण्डको निर्देशनमा ४१ जनाको एउटै चिहान बनाएको त्यो बाँदर मुडे घटना अझै ताजै छ  

     काठमाडौँ २४ बैशाख – चितवनको दक्षिण माडीमा तत्कालीन बिद्रोही नेकपा माओवादीले यात्रुबाहक बसमा बम विस्फोट गराएर निहत्सा जनताको हत्या गरेको त्यो दुखद बाँदरमुँडे घटना अझै पनि ताजै छ । समय त करिब १२ वर्ष बित्यो तर सम्झिदा हिजो जस्तै लाग्छ । जति बिर्सु भन्दा पनि झलझली याद आउँछ माओवादीले ४१ जनाको एउटै चिहान बनाएको त्यो घटना । बाँदरमुढे घटना जिल्लाको कल्याणपुर गा.बि.स. माडी स्थित कल्याणपुर बजार र बसन्तपुर बजारको बीचमा रहेको बाँदरमुढे खोलामा प्रचण्ड नेतृत्वको तत्कालिन बिद्रोही ने क पा माओवादीले २०६२ साल ज्येष्ठ २३ गते थापेको विद्युतिय धरापमा परी ४१ जना सर्वसाधारण मानिसहरुको ज्यानै गएको थियो भने ७२ जना घाइते भएका थिए । ३८ जनाको घटना स्थल मै ज्यान गएको थियो भने घाइते ३ जनाको पछि मृत्यु भएको थियो । १२ वर्ष अघिको त्यो दुखद् घटना अझै बिर्सन खोजेर पनि मानसपटलमा झलझली आइहाल्छ । अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढतिर जाँदै गरेको ना२ख ३२४५ नंको बसमा माओवादीले बम विस्फोट गराएका थिए ।


     चितवनको माडीमा भएको त्यो कहालिलाग्दो घटना सम्झनासाथ आज पनि आम मानिसको आँखा रसाउँछ । दक्षिण भारतीय फिल्ममा देखाउने कुनै दृश्य जस्तै च्यापिएका, उछिट्टिएका, छिन्नभिन्न भएका शव र विक्षिप्त अनुहारमा छटपटिएका देख्नेहरु आज पनि झस्कन्छन् । कुन शव कसको हो चिन्ने अबस्था थिएन् । कसैका अनुहार काटिएका थिए, कसैका हात, त कसैका खुट्टा थिएनन्, कोही बालुवामा बजारिएर ढलिरहेका थिए ।
    आफ्नो स्वार्थका लागि आशा लाग्दा दशौँ हजार युवाको हत्या गरेको माओवादीलाई मानवीय सम्बेदनाले छुने कुरै भएन । घरबाट पढ्न हिँडेको बालबालिकाहरुलाई झोलाको किताव फालिदिएर बारुद भरेर बन्दुक बोकाएर युद्धमा धकेल्ने माओवादीको मन कसरी कटक्क हुन्थ्यो र ? स्थानीयहरु ज्यान जोखिममै राखेर उद्धारमा खटिए भने माओवादीहरु त्यहाँ छरिएका गरगहना, पैसा बारुद फालेको झोलामा बटुल्न थालेका थिए । उनीहरुको मनमा कुनै मानवता देखिएन त्यहाँ जिउँदा मान्छे गाड्ने र घाँटी रेटीरेटी हत्या गर्ने सायद माओवादीलाई तालिम दिइएको थियो । त्यसैले होला छरपष्ट भएका गर–गहना, पैसा, सामानहरु लुट्न लाग्दैथे ।


    २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा मान्छेको बधशाला बनाइँदा पनि माओवादीले गल्ती स्वीकार गरेन । अबोध बालकसहित ४१ जनाको एउटै चिहान बनाउँदा समेत अझै पनि माओवादीले गर्व गर्ने गरेको छ । उक्त बाँदरमुढे घटनालाई लिएर राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जगतमा तात्कालिन ने क पा माओवादीहरुको चर्को आलोचना र बिरोध पनि भएको थियो । माओवादी लडाकुका तत्कालीन सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले त्यसको जिम्मेदनरी लिनुपर्ने भएपनि माओवादीले अहिले सम्म पनि ती घटनाको दोषीहरुलाई कार्वाही गर्न सकेको छैन, गरेको छैन र गर्नै चाहेको छैन ।
    स्थानीय चुनाबका बेला नेकपा माओवादी केन्द्रले मिठामिठा सपना बाँडिरहँदा चितवनवासीले मात्र होइन सारा नेपालीले बाँदरमुडे घटना झलझली सम्झीरहका छन् । नेपाली कांग्रेसले प्रचण्डकी छोरी रेणु दाहाललाई भरतपुरको मेयर बनाउन तयार भएपछि चितवनमा ठूलो हंगामा नै मच्चिएको छ ।
    कांग्रेस कार्यकर्ताहरु नै ‘माओवादीलाई भोट हाल्दा पीडितको आत्माले सराप्छ’ भन्दै कडा शब्दमा आलोचना गरेका छन् । बाँदरमुढेसहित मानवता विरोधी कहालिलाग्दो घटना गराउने माओवादीसँग पार्टी केन्द्रले तालमेल गरेपछि चितवनका कांग्रेस नेता तथा कार्यकर्ता आक्रोशित बनेका हुन् । ‘हिजो हाम्रो नेता तथा कार्यकर्तालाई मार्ने, धम्की दिने र सम्पती लुट्नेहरुसँग सहकार्य हुन सक्दैन । कांग्रेस चितवनका नेता तथा कार्यकर्ताहरुले भनेका छन् । चितवनलाई विकासवादी नेता चाहिएको भन्दै उनीहरुले प्रचण्डको छोरी नचाहिएको पनि बताएका छन् ।

    -बिगुलन्युजबाट

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture