• Breaking News

    Wednesday, May 3, 2017

    विमलेन्द्र निधिले फिर्ता लिए राजीनामा, आजै मन्त्रालय सम्हाल्ने

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     विमलेन्द्र निधिले फिर्ता लिए राजीनामा, आजै मन्त्रालय सम्हाल्ने



     वैशाख २१, २०७४- विमलेन्द्र निधिले उपप्रधान तथा गृहमन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । फिर्ता लिएसँगै उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा र निधिबीच बिहीबार बिहान भएको छलफलपछि निधिले राजीनामा फिर्ता लिएका हुन् ।

    छलफलमा दाहाल र देउवाले एकैसाथ चुनाव सफल पार्नुपर्ने भन्दै  राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।  दुवैको आग्रहपछि निधिले राजीनामा फिर्ता लिने र आजै गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न राजी भएका थिए ।

    उनी जिम्मेवारी सम्हालेर जानकी नवमीको लागि जनकपुर जाँदैछन् ।

    गृहमन्त्री निधिले राजीनामा दिएपछि मन्त्री निवास पुल्चोकबाट आफ्ना सामान नयाँ बानेश्वरस्थित घरमा सारिसकेा थिए । तर आज उनले जनकपुरबाट फर्केपछि मन्त्री निवासमा नै सर्ने योजना बनाएका छन् ।

    त्यसो त बुधबार राति पनि देउवा र निधिबीच राजीनामाबारे छलफल भएको थियो । स्रोतका अनुसार  बुधबार रातिको भेटमा देउवाले 'अब १० दिनको लागि नयाँ गृहमन्त्री किन बनाउने राजीनामा फिर्ता लिनुस्' भनेर भनेका थिए । त्यसपछि निधि सकारात्मक देखिएका थिए ।

    निधिले देउवासामू प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महअभियोगबारे आफूलाई जानकारी नै नदिइएको भन्दै असन्तुष्टी पोखेका थिए ।

    कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका निधीले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

    निधिको कार्कीमाथि लगाइएको महअभियोगमा असन्तुष्टी भने छँदै छ ।



    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture