• Breaking News

    Wednesday, May 10, 2017

    १६–१७ वर्षका तीन जना केटीसहित यौन धन्दा संञ्चालक प्रक्राउ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    १६–१७ वर्षका तीन जना केटीसहित यौन धन्दा संञ्चालक प्रक्राउ


     नवलपरासी, २७ वैशाख ।
    नवलपरासीको गैंडाकोटस्थित थुम्सीमामा आफ्नै घरमा किशोरिहरु राखेर स्थायी रुपमा यौन धन्दा सञ्चालन गरेको तथ्य फेला परेको छ । देहव्यापारमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेपछि यस्तो तथ्य फेला परेको हो । । गैंडाकोट नगरपालिकाको वडा नम्बर–९ थुम्सीमा आफ्नै घरमा किशोरीहरु राखेर स्थायी रुपमा देहव्यापार गराउँदै आएका सोमबहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।
    देहव्यापारमा संलग्न १६ – १७ वर्ष उमेर समूहका तीन जना केटीसहित गुरुङ्गलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।
    गुरुङले बर्षैँदेखि नै देहव्यापार गराउँदै आएको स्विकारेको प्रहरीले जनाएको छ । गुरुङले यसअघि पनि नारायणगढको पोखरा बसपार्कमा देहव्यापार गराउँदै आएको अनुसन्धानबाट खुलेको छ । पोखरा बसपार्कलाई देहव्यापार गराउने प्रमुख स्थानका रुपमा चिनिन्छ । गुरुङ्गले देहव्यापारबाट नै गैंडाकोट–९ थुम्सीमा घरसमेत बनाएको जनाइएको छ ।
    एक दिनमा कम्तीमा ७ जनासम्म स्थायी ग्राहक आउने गरेको गुरुङले बताएको प्रहरीको भनाई छ । देहव्यापारमा संलग्नहरुलाई आवश्यक कारवाही अगाडी बढाइएको गैंडाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिएका छन् ।
    गुरुङको सुविधायुक्त घरमा सिसा लगाइएको र भित्रबाट बाहिरको वातावरण तथा गतिविधि नियाल्न सकिने र प्रहरीको सक्रियताबारे सजग भइ बच्न सकिने गरी घर बनाइएको प्रहरीले जनाएको छ ।
    चितवन र नवलपरासीमा यौन व्यवसाय गर्ने गिरोहहरु थुप्रै रहेको र आफ्नो निजी घरमासोत यस प्रकारका धन्दाहरु सञ्चालन हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले विभिन्न होटल तथा लजहरुबाट एक महिनाको अवधिमा सयौँ यौन जोडीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाही गरिसकेको छ ।
    साभार :- hamrosandesh.com


    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture