• Breaking News

    Wednesday, May 3, 2017

    अमेरिकी राजदूतावासलाई लक्षित गरी शक्तिशाली विस्फोटन

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     

    अमेरिकी राजदूतावासलाई लक्षित गरी शक्तिशाली विस्फोटन


     काबुल । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित अमेरिकी राजदूतावास र नेटो प्रमुख कार्यालयनजिकै नेटो सैकिकको एक समूहलक्षित आज शक्तिशाली विस्फोट भएको छ ।

    राजधानी काबुलमा बुधबार भएको यस शक्तिशाली विस्फोटमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

    गृह मन्त्रालयका प्रवक्ता नाजिब डेनिसले बम आक्रमण र हताहतीकोबारेमा एएफपी समाचार समितिलाई बताए । बिहानको व्यस्त समयमा भएको यस आक्रमणमा मारिएका व्यक्ति प्रायः सर्वसाधारण नै भएका बताइएको छ ।

    सो विस्फोटको प्रकृति र विषयमा अनुसन्धान भईरहेको तर विस्फोटन भएको अवस्थामा विदेशी सैनिक बलको एक समूह त्यहाँबाट गइरहेको डेनिसले जानकारी दिए । सो आक्रमण विदेशी सैनिक लक्षित भएको एएफपीका फोटो पत्रकार र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

    यस आक्रमणमा तीन सर्वसाधारणका कारसमेत ध्वस्त भएको बताइएको छ । एक सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई यस आक्रमणमा परी दुई अमेरिकी सैनिक सामान्य रुपमा घाइते भएका जानकारी दिएका छन् ।

    यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यस प्रकारको आक्रमणमा प्राय तालिवान आतङ्ककारी समूहको नै हात रहने गरेको हुनाले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीको अनुमान रहेको छ । रासस

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture