• Breaking News

    Tuesday, May 16, 2017

    बहिनीलाई जिताउन नेपाल फर्केकी नायिका बिपना थापा ‘रातभरी करायो दक्षिणा हरायो भने झैं’

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    बहिनीलाई जिताउन नेपाल फर्केकी नायिका बिपना थापा ‘रातभरी करायो दक्षिणा हरायो भने झैं’ 


     दैलेख, २ जेठ । बहिनीलाई जिताउन नेपाल फर्केकी कुनै समयकी चर्चित नायिका बिपना थापालाई झट्का लागेको छ । उनकी बहिनी बासना थापाले दैलेखको नारायण नगरपालिकाको उपमेयरमा चुनाव हारेकी छिन् । काँग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी बहिनी बासनालाई जिताउन नेपाल फर्किएकी बिपना प्रचारप्रसारमा निकै सक्रिय भएकी थिइन् । लामो समयसम्म नेपाली चलचित्रका चर्चाको शिखरमा रहेकी बिपना भारतीय व्यापारीसँग बिहे गरी मथुरामा बस्दै आएकी छिन् । उनले दैलेखका गाउँ गाउँसम्म पुगेर बहिनीलाई जिताउन अपिल गरेकी थिइन् । तर, बासना एमालेकी उम्मेदवार सावित्री मल्लसँग पराजित भइन् ।

    दैलेखको नारायण नगरपालिकाको मेयर र उपमेयर दुबै एमालेले जितेको छ । मेयरमा एमालेका रत्नबहादुर खड्का विजयी भएका छन् । उनले नेपाली काँग्रेसका मणिराम रेग्मीलाई हराएका छन् ।

    नारायण नगरपालिका वडा नम्बर ६, ७ र ८ बाहेक बाँकी ८ वटा वडाको वडा अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture