• Breaking News

    Saturday, May 6, 2017

    प्रचण्डपुत्री रेणुलाई जिताउन आखिर भएरै छाड्यो चितवनमा काँग्रेस र ‘माओवादी केन्द्र’को संयुक्त उम्मेदवार घोषणा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    प्रचण्डपुत्री रेणुलाई जिताउन आखिर भएरै छाड्यो चितवनमा काँग्रेस र ‘माओवादी केन्द्र’को संयुक्त उम्मेदवार घोषणा

    वैशाख २३, २०७४- कांग्रेस र माओवादी केन्द्रबीच तालमेलपछि चितवनको भरतपुर महानगरपालिकामा स्थानीय तह निर्वाचनका लागि शनिबार संयुक्त उम्मेदवारको औपचारिक घोषणा गरिएको छ ।



    भरतपुरमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मेयरमा रेणु दाहाल र उपमेयरमा पार्वती शाह आधिकारिक उम्मेदवार भएको घोषणा गरिएको हो । दाहाल माओवादी केन्द्र र शाह कांग्रेस नेत्री हुन् । दुवै पार्टीको शीर्ष नेतृत्वमा मंगलबार भरतपुरसहित चार महानगरमा तालमेल गर्ने सहमति बनेको थियो ।

    पत्रकार सम्मेलनमा दुवै पार्टीका जिल्ला नेताले केन्द्रीय निर्णयअनुसार मेयरमा दाहाल र उपमेयरमा शाहलाई मतदान गर्न आग्रह गरे । कांग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठले सबै कार्यकर्ताहरुलाई पार्टी केन्द्रबाट तालमेलको निर्णय भएको बताउँदै त्यहीअनुसार मतदान गर्न कार्यकर्ता र स्थानीयलाई आग्रह गरे ।

    त्यस्तै माओवादी जिल्ला इञ्चार्ज ईश्वर भट्टराईले दुवै पार्टीका साझा उम्मेदवारहरुलाई मतदानका लागि आग्रह गरे । उनीहरुले महानगरपालिकाका अन्य वडामा पनि तालमेल गरिने बताए ।

    यसअघि कांग्रेसले भरतपुर मेयरमा दिनेश कोइराला र उपमेयरमा पार्वती शाहलाई उम्मेदवार तोकेको थियो भने माओवादी केन्द्रले दाहाललाई मेयरमा र उपमेयरमा सुरेन्द्र गुरुङलाई उम्मेदवार बनाएको थियो । कोइराला र गुरुङको उम्मेदवारी फिर्ता भइसकेको छ ।

    संयुक्त उम्मेदवार घोषणापछि उल्लेख्य मात्रामा सहभागी दुवै पार्टीका नेता, कार्यकर्ताबीच तस्बिर खिच्न तँछाडमछाड नै चलेको थियो ।



    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture