• Breaking News

    Saturday, May 6, 2017

    यादवले रोके नयाँ शक्ति र फोरमको मोटरसाइकल र्याली

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    यादवले रोके नयाँ शक्ति र फोरमको मोटरसाइकल र्याली

     काठमाडौँ, वैैशाख २३– निर्वाचन आयोगले ललितपुरको महालक्ष्मी नगरपालिकामा संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल र्याली निकालेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ ।

    आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अनुगमनको क्रममा सप्रमाण फेला पारी तत्काल र्याली रोक्न आदेश दिएका छन् । दुई पार्टीका मेयरका उम्मेदवार जनक थापाको नाममा आयोगले सो आदेश जारी गरेको हो । मेयरका उम्मेदवार थापाले प्रचारप्रसारका लागि शनिवार दिउसो साँढे १२ बजे निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेको आयोगले जनाएको छ ।

    आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘‘निर्वाचन आचारसंहिताविपरीत काम कारबाही गरेको कसूरमा हदैसम्मको कारबाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए प्रस्तुत पत्र प्राप्त भएको मितिले चौबिस घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।’’

    निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा ‘‘निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी साधनको र्याली गर्न वा गराउन नहुने’’ उल्लेख छ ।

    यस्तै आयोगले निर्वाचन आचारसंहिताविपरीत एक अनलाइनले काठमाडौं महानगरपालिका मतदातालाई ‘हामीले सोध्यौं तपाई कसलाई भोट हाल्नु हुन्छ किन ?’ भन्ने शीर्षकमा मतसर्भेक्षण तथा मतदाताको धारणा सङ्कलन गरेकोप्रति आयोगको सख्त ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
    आमजनताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई वेवास्ता गरी नागरिक हकविपरीत सर्भेक्षण कार्य गर्न निर्वाचन आचारसंहिता प्रतिकूल हुने भएको हुँदा अब आइन्दा यस प्रकारका सूचना, सन्देश र सर्वेक्षण गरी सार्वजनिक नगर्न÷नगराउन आयोगले निर्देशन दिएको छ ।

    निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ को (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जनाएका छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture