• Breaking News

    Saturday, May 13, 2017

    ओमानमा साहुले मारेर जङ्गलमा फाल्छु भन्छ, कसरी फर्किनु नेपाल !!सक्दो सेयर गरेर सम्बन्धित ठाउ सम्म पुर्याउनु सहयोग गर्नु होस

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    ओमानमा साहुले मारेर जङ्गलमा फाल्छु भन्छ, कसरी फर्किनु नेपाल !!सक्दो सेयर गरेर सम्बन्धित ठाउ सम्म पुर्याउनु सहयोग गर्नु होस

     गएको ८ महिनादेखि ओमानको सुब्री भन्ने ठाउँमा स्थानीय ओमानी नागरिकको घरमा कार्यरत छु । रोजगारीका लागि दुवई भनेर आएपनि मलाई दलालले ओमानमा ल्याईपुर्‍याएका हुन् । मेरो घर सुलुखुम्बुको सावा र माइत ताप्लेजुङ हो ।

    ५ वर्ष पहिलेदेखि कुवेतमा घरेलु कामदारको रुपमा काम गर्थें । म खास रोजगारीका लागि घरेलु काममा दुवई जान चाहेकी थिएँ । तर मलाई दलालले ओमानमा ल्याएर विचल्लीमा पारेका छन् ।

    नेपालबाट पठाउने मेनपावरको नाम थाहा छैन । तर मलाई यहाँसम्म ल्याउने दलाल गोपाल ढुंगाना, रबि राई र सोनाम मगर हुन् । उनीहरुको फोन नम्बर पनि मसँग छ ।

    दुबईमा भएकी दिपा बिकले केही दिन राखेर मलाई ओमान ल्याईएको थियो । यहाँ एक जनाको मात्रै होइन ५/५ जना ओमानी नागरिकको घरमा काम गर्नु पर्छ । पाँचवटा परिवारको स्याहार सुसार गर्दा मानसिक तनावमा छु । तलव महिनाको २४ हजार रुपैयाँ (ओमानि रियाल ९० ) हुन्छ । त्यो पनि नियमित दिँदैनन् ।

    मलाई तत्काल नेपाल फर्किन मन छ । तर घर मालिकले पैसा नबुझाई फर्किन दिँदैन । उसले भन्छ मलाई ल्याउँदा झण्डै चार लाख ३० हजार रुपैयाँ (ओमानि रियाल १६००) खर्च भएको छ त्यस मध्ये झण्डै दुई लाख ६७ हजार रुपैयाँ (ओमानी रियाल १०००) तिर्नुपर्छ । तेत्रो पैसा कहाँबाट तिर्नु मैले ।

    मोवाइल चलाउन दिएपनि रिचार्ज किन्न जान दिँदैन । अहिले सम्म मैले नेपाली संघसंस्था र दूतावासको सहयोग लिन सकेको छैन । मालिकले कसैलाई यो कुरा सुनाए मारेर जङ्गलमा फालिदिन्छु भन्छ । त्यो डरले कसैलाई भन्न पनि सकेको छैन ।

    श्रीमानको १६ वर्ष पहिले ज्यान गयो । त्यसपछि तीन छोराको पालन पोषण गर्ने दायीत्व मलाई मात्रै भयो । अनि विदेशिन वाध्य भएँ । अव मलाई नेपाल फर्काउन पहल गरिदिनुहाेस् न ।

    निमा शेर्पाको भोगाई हामीले उज्यालोको फेसबुक पेजमा अाएकाे म्यासेजबाट लिएका हौं । उज्यालो

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture