• Breaking News

    Friday, May 5, 2017

    के उत्तर कोरियाको मिसाइल नक्कली हुन् ?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    के उत्तर कोरियाको मिसाइल नक्कली हुन् ?

     अन्ना डोबेल/बीबीसी

    बैशाख २२ – उत्तर कोरियाले पछिल्ला केही हप्तादेखि अमेरिकालाई परमाणु बममार्फत हमला गर्ने धम्कस् दिइरहेका छन् । तर अब अमेरिकी सेनाका एक पूर्व अधिकारीले उत्तर कोरियाको हतियार र मिसाइललाई नक्कली बताएको छ ।

    अमेरिकी सेनाका गुप्तचर विभागमा काम गरिसकेका माइकल प्रिजेन्टले दक्षिणपन्थी टेलिभिजन च्यानल फक्स न्यूजसँगको कुराकानीमा परेडको क्रममा देखाइएको थुप्रै बन्दुक हाँस्न लायक भएको बताएका छन् । केही बन्दुक र मिसाइल सक्कली नभएको उनले दाबी गरेका छन् ।उत्तर कोरियाले पछिल्लो १५ अप्रिलमा राजधानी प्योंगया«मा परेड निकालेर आफ्नो हतियार प्रदर्शन गरेका थिए ।

    यद्यपी, उत्तर कोरियामा शक्ति प्रदर्शन गर्न नक्कली हतियारको प्रयोगको प्रचलन नयाँ नभएको उनले बताएका छन् ।यद्यपी, चाटम हाइसमा एशिया प्रोग्रामका असिस्टेन्ट हेड जेम्स हेनाको मान्यता भने भिन्न छ । अहिलेको समयमा दुबै देशबिच बढिरहेको तनावको कारण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भएको बताएका छन् ।

    उनी भन्छन्, ‘अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाको परमाणु धम्कीसँग लड्ने कसम खाएका छन् ।’

    जेम्स हेनाका अनुसार उत्तर कोरियाका केही परमाणुमा नयाँ प्रकारको क्षमता देखिए । जसका कारण उत्तर कोरियाको आत्मविश्वास बढेको छ र उनले आफू अगाडि बढिरहेको  र कसैसँग पनि नडराउने भनी स्पष्ट रुपमा भनिरहेका छन् ।’

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture