भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
सर्वोच्चको फैसलामाथि प्रधानमन्त्रीको यस्तो छ प्रतिकृया
काठमाडौँ, वैशाख २२ – संसदमा दर्ता भएको प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग अघि नबढाउन सर्वोच्च अदालतले शुक्रबार दिएको अन्तरिम आदेश परिवर्तन नचाहानेहरुलाई बल पुग्ने गरी आएको प्रधानमन्त्री पुष्पकमल दाहालले टिप्पणी गरेका छन् ।’
आज पार्टी कार्यलयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको पछिल्लो आदेशप्रति पहिलो प्रतिकृया दिँदै परिवर्तन नचाहने शक्तिहरुले न्यायपालिकाको दुरुपयोग गर्न खोजेको समेत बताए ।
उनले भने– ‘यसबारे औपचारिक जानकारी भएपछि पार्टीमा छलफल गर्ने छौँ ।’
सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैबाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी मुद्दालाई आधार मानी अभियोग लगाइएको देखिए पनि त्यसको आधार स्पष्ट नभएको र संविधानको मर्म तथा भावनाअनुकूल नभएको कुरा शुरु नजरमै देखिन आएकाले सुविधा सन्तुलनको आधारमा यो निवेदनको टुङ्गो नलागुन्जेलसम्म महाअभियोगको प्रस्तावलाई यथास्थितिमा राखी आजकै मितिबाट काम गर्न दिनू भनी व्यस्थापिका संसदको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment