• Breaking News

    Thursday, May 11, 2017

    बेलायतमा रोबोट वेश्यालय खुल्ने तयारी

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    बेलायतमा रोबोट वेश्यालय खुल्ने तयारी


     गत फेब्रुअरीमा बार्सिलोनामा पहिलो पटक खुलेको ‘रोबोट वेश्यालय’ले आफ्नो दोस्रो शाखा बेलायतमा खोल्ने योजना बनाएको छ । युरोपमा रोबोट वेश्यालय खोल्ने अभियानमा रहेको लुमिडल्सले बार्सिलोनामा आफ्नो शाखा खोल्दा स्थानीय यौनकर्मीहरूबाट चर्को विरोधको सामना गर्नुपरेको थियो, जसका कारण उक्त रोबोट वेश्यालयलाई गोप्य स्थानमा सारिएको छ । कुनै ग्राहकले सेवाका लागि रकम भुक्तानी गरेपछि मात्र उसलाई उक्त स्थानमा बोलाइन्छ ।

    यसरी सेवा लिएबापत आधा घण्टाको करिब ९ हजार तथा एक घण्टाको ११ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यहाँ प्रयोगमा ल्याइएका यौनपुतली अरू यौन पुतलीको तुलनामा बढी कुराकानी गर्ने तथा विभिन्न भाव र आवाज निकाल्ने किसिमका छन् । यहाँ यौन सेवामा राखिएका पुतलीको न्यूनतम मूल्य करिब ६ लाख रुपैयाँ रहेको लुमिडल्सका प्रवक्ताले बताए ।बारम्बार प्रयोगमा आउँदा यस्ता यौन पुतलीबाट यौन संक्रमण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसको प्रयोगअघि–पछि ब्याक्टेरिया मर्ने गरी सफाइ गर्ने गरिएको छ । यौनकर्मीसँग कुनै पनि किसिमको क्रियाकलाप गर्न हच्किने पुरुषहरूलाई यौन पुतली सबैभन्दा सजिलो माध्यम हुने हुँदा लुमिडल्सले बेलायतलगायत अन्य मुलुकमा पनि यसको फ्रेन्चाइज खोल्न चाहेको बताएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture