• Breaking News

    Friday, May 5, 2017

    सर्वोच्च अदालतको आदेशलगत्तै प्रचण्ड–देउवाले बोलाए आकस्मिक बैठक, कडा कदम चाल्ने तयारी

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     सर्वोच्च अदालतको आदेशलगत्तै प्रचण्ड–देउवाले बोलाए आकस्मिक बैठक, कडा कदम चाल्ने तयारी 


    काठमाडौं, २२ बैशाख । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश कार्कीलाई आजबाटै काममा फर्किन अन्तरिम आदेश दिएलगत्तै नेपाली राजनीतिमा फेरि अर्को ठूलो भुकम्प गएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले प्रधानन्यायाधीश कार्कीलाई पदमा बहाल गर्न अन्तरिम आदेश दिएको हो ।
    सर्वोच्चको आदेशसँगै संसदको प्रक्रियामा रहेको महाअभियोग प्रस्ताव के हुन्छ भन्ने अन्यौल बढेको छ । महाअभियोग प्रस्तावका प्रस्ताबक मिन विश्वकर्माले अदालतको आदेशलाई संवैधानिक रिक्तता ल्याउने कदमको संज्ञा दिएका छन् ।

    उनले भने,‘ राज्यका हरेक अंगले संविधानको पालना गरेको देखिएन, अब संवैधानिक संकट आयो, मुलुकमा संसद छ भन्ने कुराको अनुभूति नगरेको पाइयो ।’
    सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैबाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको छ ।

    अदालको आदेश जारी भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय अझै पनि ज्यूँदै रहेको भन्दै आदेशको स्वागत गर्दै सुशिला कार्कीले आंशिक न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

    तर प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डले अदालतको उक्त आदेशले परिवर्तन नचाहने शक्तिहरुलाई बल पुगेको भन्दै असन्तुष्टि जनाएका थिए । यही वीचमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा दुवै पार्टीका शीर्ष नेताहरु अब के गर्ने भन्ने तयारीको लागि आन्तरिक छलफलमा जुटेका छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture