• Breaking News

    Tuesday, May 16, 2017

    वडाध्यक्षमा दाइले जिते, भाइलाई ९० वर्षे पिताको सान्त्वना

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस




    वडाध्यक्षमा दाइले जिते, भाइलाई ९० वर्षे पिताको सान्त्वना

     काठमाडौं, २ जेठ– काठमाडौं, २ जेठ – दक्षिणकाली नगरपालिका – ४ को वडाध्यक्षको रोचक र बहुप्रतीक्षित मतपरिणाम वाहिर आएको छ । उक्त वडाको अध्यक्षमा नेपाली कांग्रेसका पुष्कर खड्काले जितेका छन् । उनले आफ्नै सहोदर माइला भाइ एमालेका उम्मेदवार दिवाकर खड्कालाई ६० मतले हराएका हुन् । 

    राजधानी काठमाडौंबाट नजिक पर्ने दक्षिणकाली नगरपालिकाको वडा नं ४ मा एउटै बुवाका दुई छोरा कांग्रेस र एमालेबाट वडाध्यक्षमा भिडेपछि त्यो चर्चाको विषय बनेको थियो । 

    उक्त वडाको अध्यक्षमा नेपाली कांग्रेसबाट पुष्कर खड्का र नेकपा एमालेबाट दिवाकर खड्का भिडेका थिए । पुष्कर जेठा दाजु हुन् भने दिवाकर माइला भाइ हुन् । 

    ‘हाम्रै साथीभाइको अन्तर्घातले गर्दा मैले हारें,’ भाइ दिवाकरले लोकान्तरसँग भने, ‘जित्यौं भनेर कांग्रेसीहरूले फुर्ती नगरे हुन्छ किनभने यो वडामा एमालेकै बहुमत बढी छ । मैले प्राविधिक कारणले मात्र हारेको हुँ ।’

    उनले दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर पदमा एमालेकै उम्मेदवार अग्रस्थानमा रहेको दाबी समेत गरे । 
    ‘हाम्रै केही साथीहरूले माओवादी र कांग्रेसलाई भोट दिँदा मैले पराजय भोग्नुप–यो तर म निराश हुन्नँ’ दिवाकरले थपे, ‘पार्टीभित्रकै गुटले समस्या पा–यो ।’

    खड्काद्वयका पिता ९० वर्षीय लीलाबहादुर खड्का माइला छोरा दिवाकरसँग बस्दै आएका छन् । 

    तपाईंले वडाध्यक्षमा हारेपछि बुवाले कस्तो मान्नुभयो र के प्रतिक्रिया दिनुभयो ? लोकान्तरको यो प्रश्नमा दिवाकारले भने, ‘जसले जिते पनि ठीकै छ भन्नुभयो । मलाई दुःखी नहुन भन्नुभयो । बुवा खुशी वा दुःखी हुनुहुन्न ।’

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture