• Breaking News

    Thursday, May 4, 2017

    नेपाल टेलिकमले २ वर्षसम्म निःशुल्क इन्टरनेट सेवा दिने

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    नेपाल टेलिकमले २ वर्षसम्म निःशुल्क इन्टरनेट सेवा दिने

    काठमाडौं, वैशाख २१ – भूकम्पबाट अति प्रभावित जिल्लामध्ये काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा नेपाल टेलिकमले द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

    ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरीे दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच बिहीबार सम्झौता भएको हो । उपभोक्ताहरुलाई यो सेवा दुई वर्षसम्म निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले, ग्रामीण दूरसञ्चार विकास कोषको रकम पनि सदुपयोग होस् र भूकम्प प्रभावित जिल्लाहरुमा दु्रत गतिको इन्टरनेट सेवा पनि पुगोस् भन्ने उद्देश्यले नेपाल टेलिकमसँग यो सम्झौता गरिएको बताउनु भयो । उहाँले, ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतका आयोजनामा नेपाल टेलिकम सहभागी भएकोमा कम्पनीलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता आयोजना सञ्चालन गर्न कम्पनीको सहभागिता रहने अपेक्षा गर्नुभयो ।

    नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आयोजना सञ्चालन गरिने जिल्लाहरुमा विस्तृत अध्ययन भइसकेको र ती स्थानहरुमा जिएसएम, सिडिएमए, एडिएसएल र वाइम्याक्स मध्ये स्थानअनुसार जुन प्रविधिबाट सम्भव हुन्छ सोही प्रविधिबाट द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराइने बताउनु भयो ।

    आयोजना अन्तर्गत नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका सरकारी एवं सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्र, आर्युवेद केन्द्र, वडा कार्यालय, गाउँपालिका र नगरपालिहरुमा दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ ।

    भूकम्पले अति प्रभावित चार जिल्लामध्ये काभ्रेपलाञ्चोकका गाउँपालिका तथा नगरपालिकाका ८० स्थानमा, १ सय १८ वटा सरकारी तथा सामुदायिक विद्यालयमा र ६९ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा सेवा उपलब्ध गराइने छ । त्यस्तै सिन्धुपाल्चोकका गाउँपालिका तथा नगरपालिकाका ७० स्थानमा, ८२ वटा सरकारी तथा ससामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा, नुवाकोटका गाउँपालिका तथा नगरपालिकाका ६२ स्थानमा, ९५ वटा सरकारी तथा सामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा र रसुवाका गाउँपालिका तथा नगरपालिकाका १८ स्थानमा, १६ वटा सरकारी तथा सामुदायिक विद्यालय र १५ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्र गरी जम्मा ७ सय ४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराइने छ । आयोजनाको लागत करिव २१ करोड १६ लाख रहेको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture